जेठ २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनस्र्थापना भएरै छाड्ने दाबी गरेका छन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकले सम्बोधन गर्दै उनले संसद संविधानभन्दा बाहिर गएर गरेको हुनाले पुनर्स्थापना हुने बताए ।
‘अदालतले पनि हेर्ने भनेको संविधान नै हो, संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन,’ उनले भनेका छन् ।
पुस ५ मा भएको विघटन पनि पुनस्र्थापित भएको भन्दै उनले पुनर्स्थापनाको विकल्प नभएको बताए । प्रचण्डले पछिल्लो राजनीतिक घटनाले विपक्षी गठबन्धन मजबुद रुपमा एक ठाउँमा आएको पनि बताएका छन् ।
प्रचण्डले भनेका छन्, ‘पहिलोपटक चाहिं नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस यो प्रतिगमन नै हो भन्नेमा छ । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै हुनुहुन्छ, जनमोर्चा पनि साथमा छ ।’
वि.सं.२०७८ जेठ २५ मंगलवार १६:५६ मा प्रकाशित






























