back
CTIZAN AD

डा. हर्क गुरूङ पहिलो स्मृति भलिबल कपको उपाधी सिन्धुलाई

वि.सं.२०७८ जेठ २५ मंगलवार

1K 

shares

गुरूङ (तमु) सोसाईटी ईन्क.यू.एस.ए.द्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ ।

निकै नै कडा प्रतिष्पर्धा भएको अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीममाथि ३–२ सेटको जित निकाल्दै ३ हजार डलर राशीको नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी हासिल गरेको छ भने दोश्रो हुने म्याग्दी भलिबल टीमले २ हजार डलर राशीको नगद पुरस्कार, प्रमाण–पत्र र ट्रफी हासिल गरेको छ।

मेमोरियल डे को अवसर पारेर न्यूयोर्क राज्यकोLong Island City, Queens Bridge  पार्कमा मे २९, र ३० मा गर्न लागिएको प्रतियोगिता प्रतिकूल मौसमको कारण एक हप्ता पछि जुन ५ र ६ मा सारिएको थियो ।

Apollo Manufacturing Inc.Buddha Tax & Accounting को मुख्य प्रायोजन तथा अन्य विभिन्न व्यावसायी, संघ–संस्था तथा व्यक्तिहरूको प्रायोजन साथै आमा–समूह, युवा समूह र यि एण्डी चेङको विशेष सहयोग रहेको यस प्रतियगितामा आयोजक भलिबल टीम सहित न्यूयोर्कको विभिन्न आठ भलिबल टीमहरू र मेरील्याण्ड, न्यूजर्सी राज्यबाट एक–एक भलिबल टीमको सहभागिता रहेको थियो ।

No description available.

प्रतियोगिताको समुद्घाटन जुन ५ का दिन आयोजक संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूङले गरेका थिए । प्रतियोगिता शुरू हुनु भन्दा अगाडी स्व. डा.हर्क बहादुर गुरूङ र हालको महामारी (कोभिड १९) को विषम परिस्थितिमा ज्यान गुमाएका सम्पूर्ण नेपालीहरूको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो ।

झण्डै ५०० भन्दा बढी खेलप्रेमी नेपाली दर्शकहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र संयुक्त राज्य अमेरीकाको राष्ट्रिय गीतको प्रस्तुतीपछि उक्त भलिबल प्रतियोगिताको लागी रेफ्रीद्वय दीपक रोका मगर र प्रेम हमाल ठकुरीलाई भलिबल प्रदान गरी प्रतियगिताको उद्घाटन गरिएको थियो ।

No description available.

जुन ६ का दिन सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथि आदिबासी जनजाती महासंघ अमेरीका अध्यक्ष लोक चेम्जोङ लिम्बु रहेका थिए भने विशेष अतिथिहरूNew City District 25 Council Member उम्मेद्वार यि (एण्डी)चेन YI-ANDY-CHEN, गैर आवासिय नेपाली संघ न्यूयोर्क च्याप्टर नवनिर्बाचित सभापति आङछिरीङ शेर्पा, तमु प्ये ल्हु संघ, न्युयोर्कका अध्यक्ष मिलन गुरुङ लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा खेल समापन भएको थियो ।

No description available.

समापन समारोहमा प्रमुख अतिथि र विशेष अतिथिहरूको साथमा गुरूङ (तमु) सोसाईटीका अध्यक्ष विजय गुरूङद्धारा भलिबल प्रतियगिताको विजेता उप विजेता टीम र विविध विधामा उत्कृष्ट खेलाडीहरू साथै संस्था संस्थाको संस्थापक अध्यक्ष श्री तुलसी गुरूङको हातबाट आमा समूहको दौड प्रतियगितामा प्रथम, द्वितीय र तृतीय हुने विजेताहरू लगायत कलाकारहरूलाई मेडल, प्रमाण–पत्र, ट्रफी र नगद (चेक) बितरण गरिएको थियो । समापन समारोहको कार्यक्रम संचालन संस्थाको सहसचिव तोरण गुरूङले गरेका थिए भने समापन समारोहमा उपस्थित सम्पूर्ण खेलप्रेमीहरू, यूवा स्वयंसेवकहरू, सक्रिय आमा समूह, यूवा समूह, NYGSC प्रायोजकहरू उपस्थित संघ संस्थाका प्रतिनीधिहरू, खेलाडीहरू, रेफ्रीहरू र सहयोगी रेफ्रीहरू, मीडियाकर्मीहरु सम्पूर्णलाई संस्थाका अध्यक्ष विजय गुरूङले धन्यबाद दिँदै समापन समारोहको अन्त्य गरेका थिए ।

No description available.

कार्यक्रम समापन समारोह पछि (DJLS) जाङबु शेर्पाले विभिन्न रोमान्चक गीतहरू बजाएर उपस्थित खेलाडीहरू र दर्शकहरूलाई नचाएर भरपुर आनन्द दिलाएका थिए ।

 

वि.सं.२०७८ जेठ २५ मंगलवार १७:०१ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...