back
CTIZAN AD

कोरोना संक्रमणबाट आज देशैभरी १०८ जनाको मृत्यु, ५१५३ जना संक्रमित

वि.सं.२०७८ जेठ २५ मंगलवार

834 

shares

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५१५३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२,०६५ पिसीआर र ५,६२२ ऐन्टिजेन गरी १७,६७६ नमुना परीक्षणमा ५,१५३ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १२१, ललितपुरमा २६९ र काठमाडौंमा ८३६ गरी उपत्यकामा आज १२२६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ५,१५३ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ११ हजार ३१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,५७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,५७० जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका १०८ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,०९८ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ८२ हजार ७३६ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ६,१८६ जना र होम आइसोलेशनमा ७६,५५० जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १३२१ जना र भेन्टिलेटरमा ३७२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म पिसीआर प्रविधिबाट ३१ लाख ६७ हजार १२९ र ऐन्टिजेन विधिबाट ८१ हजार ४६३ नमुना परीक्षण गरिएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमण विरुद्धको पहिलोमात्राको खोप २१ लख १३ हजार ८० जनाले लगाएका छन् भने दोस्रो मात्राको खोप ६ लाख ९१ ह्जार ४९४ जनाले लगाएको मन्त्रालयको विवरणमा उल्लेखछ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु, ४४७२ जना संक्रमित

वि.सं.२०७८ जेठ २५ मंगलवार १७:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...