back
CTIZAN AD

रविन्द्र अधिकारीको अस्वभाविक मृत्यु भन्दै वरिष्ठ पत्रकार श्रेष्ठले उठाए गम्भिर प्रश्नहरु

वि.सं.२०७८ जेठ २६ बुधवार

837 

shares

२६ जेठ, काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष, वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ (Kishor Shrestha) ले पूर्वपर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु अस्वभाविक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले रविन्द्रको मृत्युलाई अस्वभाविक ठान्दै केही गम्भिर प्रश्नहरु सार्वजनिक गरेका छन् ।
उनले रविन्द्रको मृत्यु बारे अहिले धेरैको मुखमा बुझो लागे पनि एकदिन तथ्यले चिहानबाट निस्केर हुँकार गर्नेछ भनेका छन् । उनले सो मन्त्रालयको योजना बिना मन्त्री रविन्द्रलाई अचानक त्यसदिन ताप्लेजुङ पठाइएको कुरो, उनीसँगका सहयात्रीको प्रश्न, सँगै जानुपर्ने बाध्यता, प्रतिकूल मौषमबीच हतारहतार काठमाडौँ फर्केर त्यहि राती नै अन्त कतै जाने योजना र त्यसक्रममा को कोसँग भेटघाट गर्ने योजना रहेको थियो भन्ने लगायतका सवाल उठाएर सो घटनालाई थप रहस्यमय बनाइदिएका छन् ।

पत्रकार श्रेष्ठले सञ्जालमा लेखेका छन् :
“साथी रविन्द्र, अहिले धेरैको मुखमा बुझो लागे पनि एकदिन तथ्यले चिहानबाट निस्केर हुँकार गर्नेछ । मन्त्रालयगत योजनाबिना तिमीलाई अकस्मात किन त्यसदिन ताप्लेजुङ्ग पठाइयो ? कोसङ्ग पठाइयो ? सङ्गै जानेको उद्देश्य के थियो अनि उनलाई प्रतिकूल मौसमबीच हतार हतार काठमाण्डौ फर्केर त्यही राती नै अन्त कहाँ जानु थियो, बाटैमा कोसँग, के का लागि भेट्ने कुरा तय थियो ?
तिमी अनुशासित कार्यकर्ता, अरुको इच्छा मान्न बाध्य भयौ । आफ्नो निर्वाचन क्षेत्र पोखराको निर्माणाधीन बिमानस्थललाई तिम्रो नाम दिन कन्जुस्याइँ गर्ने मेलोमा किन अहिले त्यही तीतो घटना जोडिएको ताप्लेजुङ्गको सुकेटारसङ्ग टाँसिदैछ ? छेउको विमानस्थलमा कसको नाम हाल्न तिम्रो नामसमेत भजाइँदैछ ? अस्ति भर्खर घर गएका एक जना मन्त्री कमरेडसङ्ग पनि यसबारे कुरा भएको थियो । उनले धेरै कुरा बोल्न र मन खोल्न नमिलेर खै गरे, तिमीलाई गुमाएको पीडामा खुइखुइ गरे ।
तथ्य नमीठो हुन्छ, यसो भन्दा कसै कसैबाट गाली पनि खाइन्छ भन्ने थाहा छ तर साथी, तिम्रो अस्वाभाविक मृत्यु र त्यसपछि सम्मानका नाममा हुन थालेका यावत उपक्रमहरु देख्दा लामो र कष्टकर आन्दोलनको पुरानो सहयात्रीका नाताले मन नमानेर यति लेख्न बाध्य भएको छु ।
फेरि पनि तिमी सधैं मनमा छौ ।
तिम्रो बलिदानको कथा जनजनमा छ ।”

वि.सं.२०७८ जेठ २६ बुधवार १९:०८ मा प्रकाशित

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा...

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

कास्की । पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो ।...