तिमी विना म आफूलाई एक्लो महशुस गर्दैछु । तिमी पनि सामाजिक सेवामा उत्तिकै समर्पित छौ अहिले पनि । फर्किएर आफ्नै मनले दुःखीहरूको वेदना छाम्ने बेला भएको छ । जुन तिमीले परदेशबाटै गर्दै आएकी छौ । म आफै पनि चेतनाको बिज रोप्ने शब्दको खेतीमा छु । सामाजिक रूपमा उत्तिकै माया र साथ पाएको छु । मात्रै खाँचो छ त तिम्रो सामिप्यता । आशा छ–यो पत्रले तिम्रो मन अबश्य बदलिनेछ र तिमी फर्की आउनेछौ । बिदा !
प्रिय, हाम्रो भेट नभएको झन्डै सात बर्ष भएछ । त्यसैले होला तिमी बिनाको समय खल्लो भएको छ । तिम्रो लामो प्रवास जीवनले मलाई कताकति दुखाएको छ । जुन फूल टिप्ने रहरले
भौतारिएको समय सम्झेर तिमी कति सकसमा छौ होला भन्ने अनुमान गर्न सक्छु र सम्झंदैछु तिमीलाई । त्यसबेला तिमीले घर नफर्काएको भए अझै पनि म त्यहि मरुभूमिमा उसरी नै रुमल्ली रहेको हुने थिएँ । तर मलाई फर्काएर पनि तिमी आफै गुमनाम भै दियौ अहिलेसम्म । कति कहालीलाग्दो लाग्दो थियो त्यो समय । एक किसिमले मानसिक रोगी भन्दा फरक पर्दैन थियो होला । विछोडिनु पर्दा के तिमी खुशी छौ हौला र ?
घरदेशबाट टाढा रहँदा यी मनोद्वेगका लहरहरू समान रूपमा सबैमा उठ्छ भन्ने लाग्छ । परदेश बसाईका क्रममा नै मलाई अनुभूत भएको थियो–पराई भूमिमा हामीले श्रम गर्नु भनेको पाखुरी चलाउन्जेल हो । बल होउन्जेल मात्रै हो । हाम्रा पाखुरी बसेको दिन तिनले गलहत्याउने छन । त्यसबेला निकै ढिला भैसकेको हुन सक्छ र समयले हामीबीच दिवार बनाउन पनि सक्नेछ । अनि हामी कतैको पनि रहने छैनौँ । किनकी प्रेमको अनुभूत टाढा रहँदा महशुस भए पनि प्रेम भने कै साथ रहनु रहेछ प्रिय ।
एक्लोपनले झेलेको आफ्नै गन्थन सुनाउँदैछु । दिक्क नमान ल ! म फर्केपछी केहि समय कठिन रह्यो समय । तर तिम्रो प्रेम हौसला अनि साथले गर्दा अनेकौँ असफलतापछि आज म सफल छु । असफलता भनेकै सफलताको सूचक रहेछ । तर कुनै पनि कार्यमा सयंम, बिश्वास र लगनको निरन्तरता आवश्यक हुँदो रहेछ । परदेश रहँदा मलाई विश्वास थियो– हामी स्वदेशमा पनि परिश्रमी बन्न सक्यौं भने बाँच्न सक्छौं । त्यसैले धेरै साथीहरूलाई पराईभूमी छोडेर घर फर्किन प्रेरित गर्थें सधैं, र म अघि आएको थिएँ ।
सबैले यहाँ एउटा आधार बनाइसकेका रहेछन् । त्यो देखेर निकै आनन्दनुभूति गरेको थिएँ । तिनै अनुभूतिले पराई भूमिमा रहनु अरुको दास हुनु हो र स्वदेशमा आफै केहि गरेर मालिक बन्ने अवसर तयार गर्ने हो भन्ने मेरो सोचलाई तिम्रै प्रेमले आज साकार बनाउन सकेको छु । अब तिमी फर्की आयौ भने एक पेट खान र एकसरो आङ ढाक्न हामीलाई कुनै गाह्रो हुन्न । मलाई आशा छ– तिमीले पनि धेरै नेपालीलाई आफ्नै मातृभूमि फर्की आउन प्रेरित गर्नेछौ । एकापसमा प्रेमका साथ रहने हो भने असम्भव कुरा कुनै छैन । जसको प्रमाण हामी आफै छौं ।
यहाँ हामीलाई अवसर पर्खेर बसेको छ । मात्र हामीले चिन्न नसकेको हो । केही दिन अघि एउटा राष्ट्रिय दैनिकमा यस्तो दुःखको समाचार थियो– जसमा हामीले जति रेमिट्यान्स भित्र्याउँछौं, त्यत्तिकै रूपमा बाहिर पनि गैरहेको छ ।
हामीले स्वदेशमा उत्पादन गर्न सक्ने कतिपय वस्तु समेत निर्यात गर्दै हामीले भित्र्याएका पूँजी फेरी विदेशीलाई बुझाउने गरेका छौं । आज फेरि अर्को पत्रिकामा एउटा खुशीको समाचार–एनआरएनले स्वदेशमा विभिन्न क्षेत्रमा लगानी गरेर बाहिर बर्षदिनमा कमाउने पैसा एकै महिनामा कमाएको समाचार थियो । यस्तै विविध क्षेत्रमा लगानी बढ्दो छ, देशमा पनि । आज मातृभूमि अनि आफ्ना परिवार र समाजलाई प्रेम गर्नहरू देशको निम्ती केहि गर्नैपर्छ भन्दै लगानी भित्र्याउन लागी परेका छन् । यस्तो बेला हाम्रो दायित्व पनि समाज र देशका लाीग उत्तिकै छ भन्ने कुरा महशुस गर्नु पर्छ हामी दुइले पनि ।
तिमी विना म आफूलाई एक्लो महशुस गर्दैछु । तिमी पनि सामाजिक सेवामा उत्तिकै समर्पित छौ अहिले पनि । फर्किएर आफ्नै मनले दुःखीहरूको वेदना छाम्ने बेला भएको छ । जुन तिमीले परदेशबाटै गर्दै आएकी छौ । म आफै पनि चेतनाको बिज रोप्ने शब्दको खेतीमा छु । सामाजिक रूपमा उत्तिकै माया र साथ पाएको छु । मात्रै खाँचो छ त तिम्रो सामिप्यता । आशा छ–यो पत्रले तिम्रो मन अबश्य बदलिनेछ र तिमी फर्की आउनेछौ । बिदा !
तिम्रो प्रेमी
वि.सं.२०७३ माघ २९ शनिवार ०४:३० मा प्रकाशित