back
CTIZAN AD

गण्डकीमा दोहोरियो केन्द्रको राजनीति, संसदमा विश्वास गुमाएका गुरुङ्गले गरे बहुमतको दाबी

वि.सं.२०७८ जेठ २९ शनिवार

708 

shares

जेठ २९, काठमाडौं । गण्डकी प्रदेशसभाबाट विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङ्गले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन पत्रसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाको कारबाहीमा परेका सांसद कृष्ण थापालाई संसदीय दलको नेता मानेर गुरुङ्गले दाबी पेश गरेको पाइएको छ । त्यस्तै गुरुङ्गले दाबी पत्रमा जसपाको पूर्व राजपा समूहका एक सांसदको समर्थन आफुँलाई रहेको दाबी पेश गरेका छन् ।

विपक्षी गठबन्धनले शुक्रबार सशरीर ३१ सांसदसहित प्रदेश प्रमुख सीता पौडेल समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले दिएको समयसीमा सकिनै लाग्दा गुरुङ्गले जसपा १ र राष्ट्रिय जनमोर्चाका कारबाहीमा परेका सांसदको हस्ताक्षर बोकेर दाबी गर्न गएका हुन् ।

यसअघि गुरुङ्ग सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा मुख्यमन्त्रीमा नियुक्ती भएका थिए । तर उनले प्रदेशसभामा विश्वासको मत हासिल गर्न नसकेपछि शुक्रबार प्रदेश प्रमुखले २४ घण्टे समयसीमा दिएर नयाँ सरकार गठनको लागि आव्हान गरेकी थिइन् ।

प्रदेश प्रमुखको आव्हानमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै ३१ सांसदको उपस्थितिमा मुख्यमन्त्रीको पदमा दाबी गरेका थिए ।

यसअघि केन्द्रमा विपक्षी गठबन्धनका सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्ती गर्न अस्वीकार गरेकी थिइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको दाबीलाई देखाउँदै दुवै पक्षको दाबी नपुगेको बताएकी थिइन् ।

केन्द्रको किचलो साम्य नभईरहेको बेला प्रदेशमा पनि सोही खालको शैली देखिएको छ । प्रदेशमा देखिएको किचलो प्रदेशसभा विघटन गर्ने षडयन्त्र भएको विपक्षी गठबन्धनको आरोप छ ।

वि.सं.२०७८ जेठ २९ शनिवार १६:५९ मा प्रकाशित

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...