३० जेठ, पोखरा । गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा तनहुँका २ जना र मुस्ताङ, कास्की, बाग्लुङ, स्याङजा तथा नवलपरासीपूर्वका १/१ जना रहेका छन् ।
आज अद्यावधिक भएका ७ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ८३८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी आइतबार म्याग्दीमा २१, पर्वतमा ३, गोरखामा २४, लमजुङमका १४, तनहुँमा ४७, कास्कीमा १५२, स्याङजामा ४५ र नवलपरासीपूर्वमा ४१ जना संक्रमित थपिएका छन् । आज मुस्ताङ, मनाङ र बागलुङमा संक्रमितको संख्या शून्य रहेको छ ।
आज थपिएका ३४७ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ५०,३०४ पुगेको छ । ती मध्ये ४३,६१९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ५,८४७ जना रहेका छन् ।

वि.सं.२०७८ जेठ ३० आइतवार १७:५९ मा प्रकाशित






























