back
CTIZAN AD

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीलाई सुरक्षाको चुनौती, हस्ताक्षर वा राजीनामा गर्न मन्त्रीहरूकै धम्की

वि.सं.२०७८ जेठ ३० आइतवार

711 

shares

३० जेठ, काठमाडौँ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको सुरक्षामा चुनौती आएको भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।

दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न भन्दै प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले दबाब तथा धम्की दिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनाइअनुसार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष डा गिरीलाई बालुवाटार बोलाइ प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिन निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएको र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्की दिएका छन् ।

बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सद्वारा जारी उक्त विज्ञप्तिमा भनिएकाे छ ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धाराशायी पार्ने चेष्टा स्वयम भत्सर्नायोग्य छाँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवनरक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको  छ ।’

उनीहरुले डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदै गिरीको सुरक्षाको निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन र आन्दोलित हुन  राजनीतिककर्मी, नागरिक समाज, पेशाकर्मी तथा सम्पूर्ण नागरिक समाजलाईअपिल गरेका छन् ।

वि.सं.२०७८ जेठ ३० आइतवार १८:४९ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...