२ असार, काठमाडौँ । साविक विजेता पोर्चुगलले युरो कपमा विजयी सुरुवात गरेको छ । मंगलबार राति सम्पन्न भएको खेलमा पोर्चुगलले घरेलु टिम हंगेरीलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
दोस्रो हाफको ८४ मिनेटमा पोर्चुगलका राफा सिल्भाको प्रहार गुरेरोको खुट्टामा डिफ्लेक्ट भएर पहिलो गोल हुन पुगेको थियो । खेलको ८७ मिनेटमा रोनाल्डोले पेनाल्टीमा मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
खेलमा रोनाल्डोले तीन वटा रेकर्ड बनाए । उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने । साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बनेका छन ।
वि.सं.२०७८ असार २ बुधवार ०९:२३ मा प्रकाशित



























