२ असार, रुपन्देही। रुपन्देहीमा मंगलबार थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल नगरपालिका ४ र तिलोत्तमा ८ का एक महिला र पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ८ का ४९ वर्षीय पुरुषको आइसियुमा उपचारका क्रममा मंगलबार बिहान ९ः ४२ मा मृत्यु भएको हो । जेठ २४ गते संक्रमण भई २९ गते अस्पताल भर्ना भएका उनको असार १ गते मृत्यु भएको हो ।
तयसैगरी बुटवल ४ की ५८ वर्षीया महिलाको पनि आइसीयुमा उपचारका क्रममा मंगलबार ११ बजे मृत्यु भएको हो । जेठ २१ गते कोरोना संक्रमण भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
वि.सं.२०७८ असार २ बुधवार १४:०७ मा प्रकाशित






























