५ असार, काठमाडौँ । कोपा अमेरिका अर्जेन्टिनाले पहिलो जित हासिल गरेको । आज बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १ ० गोलले पराजित गरेको हो ।
खेलको १३ मिनेटमा रोद्रिगेजले अर्जेन्टिनाका लागि एकमात्र निर्णायक गोल गरेका थिए । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
त्यसैगरी शनिबार बिहान नै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० गोलले पराजित गरेको छ ।
वि.सं.२०७८ असार ५ शनिवार १०:३८ मा प्रकाशित



























