back
CTIZAN AD

ओलीले एक तिर चलाउँदा तीन टुक्रामा फुट्यो माधव समूह, कुन कतातिर ?

वि.सं.२०७८ असार ६ आइतवार

1.4K 

shares

असार ६, काठमाडौं । नेकपा (एमाले)भित्र विवादले चरम रुप लिँदै गर्दा गत वैशाख २६ को राती नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष ‘पार्टी जोगाउने विकल्प’ भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए । आफुँ पक्षीय स्थायी समितिको निर्णयअनुसार उनले उक्त प्रस्ताव ओलीलाई बुझाएका थिए ।

ओलीलाई बुझाएको ६ बुँदे प्रस्तावमा मुख्यतः पार्टी संरचनालाई ०७५ जेठ २ को अवस्थामा पुर्याउन माग राखिएकाे थियो । तर, उक्त प्रस्तावबारे झण्डै १ महिना समयसम्म ओलीले खासै वास्ता गरेनन् । बरु, एक पछि अर्को गर्दै माधव समूहलाई तिरत वितर पार्न कारबाहीको डण्डा बर्साए ।

क्रमशः समग्र राजनीति आफुँ प्रतिकुल बन्दै गएको अवस्था र माधव पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेको अवस्थामा ओलीले अकस्मात पुनः केहि सर्तसहित माधव पक्षका सोही मागहरु पुरा गर्ने प्रतिबद्धता घोषणा गरेका थिए । पार्टी एकताका लागि भन्दै उनले जेठ २३ मा ६ बुँदे प्रतिबद्धता पत्र अगाडि सारेका थिए । माधव पक्षले भनेका मागहरुसहित आफ्ना केहि शर्त राखेर ओलीले ६ बुँदे प्रस्ताव पत्र अगाडि सारेका थिए ।

माधव पक्षले उठाउँदै आएका मागहरु शर्तसहित समेटिएको उक्त ६ बुँदे प्रस्तावले माधव समूहमा निकै ठूलो विभाजन ल्याइएदिएको छ । ओलीले अगाडि सारेको उक्त प्रस्तावले माधव समूहको ठूलो हिस्सा एमाले तिरै फर्किने अवस्थामा पनि पुगेको छ ।

ओलीले रणनीतिक रुपले अगाडि सारेको उक्त प्रस्तावले माधव समूहका विश्वासिला पात्र नै एमाले तिर फर्किने तयारीमा समेत जुटेका छन् ।

तीन धारमा विभाजित भयो माधव समूह

ओलीको ६ बुँदे प्रस्तावसँगै रणनीतिमा स्पष्ट भईनसकेको माधव नेपाल समूह विभाजित बनेको छ । जसमा सबैभन्दा विश्वासिला पात्र नै निःशर्त ओली समूहमा फर्किन तयार देखिएका छन् ।

ओली समूहसँग निरन्तर वार्ताको प्रयासमा रहेको समूह र पार्टी एकता गर्नुपर्छ भन्ने लाईनमा बढि देखिएको समूह तत्कालै एमालेमा फर्किन तयार देखिएकाे छ । जसमध्ये योगेश भट्टराई र गोकर्ण विष्टलगायतको समूह निःशर्त ओली नेतृत्वमा जान तयार देखिएका छन् ।

यता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र अष्टलक्ष्मी शाक्यसहितका नेताहरु पनि पार्टी एकता जोगाउने भन्दै ओलीको प्रस्तावप्रति करिब सहमत देखिएका छन् । उनीहरु सम्मानजनक अवस्थामा पार्टीमा फर्किने अडानमा देखिएका छन् । उनीहरु दुवै पक्षले आत्माआलोचना गरेर अगाडि बढ्नुपर्ने लाईनमा रहेको देखिएको छ ।

ओलीका हरेक कदम षडयन्त्रपूर्णं छन् र ओलीसँग मिल्न सकिन्न भन्ने निष्कर्षमा देखिएका पंक्ती भने फरक पार्टी बनाउने लाईनमा देखिएका छन् । भीम रावल, युवराज ज्ञवाली, रामुकमारी झाँक्री, डा. विजय पौडेल र जगन्नाथ खतिवडालगायतका नेताहरु ओलीसँग सम्बन्ध विच्छेद गरेर अगाडि बढ्नुपर्ने लाईनमा देखिएका छन् ।

तत्कालिन नेकपामा प्रचण्डसँग निकै नजिक देखिएको योे धार नयाँ पार्टी दर्ता गरेर माओवादीसहित अन्य पार्टीहरुसँग एकता गर्नुपर्नेमा पुगेको छ । बताइएअनुसार सर्वोच्चको फैसला लगत्तै समूहले नयाँ राजनीतिक कोर्षको सुरुवात गर्नेछ ।

वि.सं.२०७८ असार ६ आइतवार १७:०० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...