back
CTIZAN AD

कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

वि.सं.२०७८ असार ६ आइतवार

648 

shares

६ असार, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उनका शनिबार राति निधन भएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०२० मा अछाममा जन्मेका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तारसमेत भएका कांग्रेसले जनाएको छ । कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पुर्याउँदै आएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति थिए ।

नेता विष्ट २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए। उक्त कार्यकालमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गरेका थिए । सरल र मिलनसार स्वभावका स्व विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित थिए । उनका निधनले नेपाली कांग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
रासस

वि.सं.२०७८ असार ६ आइतवार १६:४४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...