back
CTIZAN AD

कोरोना संक्रमणबाट आज ५१ जनाको मृत्यु २४४२ संक्रमित

वि.सं.२०७८ असार ६ आइतवार

747 

shares

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४४२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६,६७७ पिसीआर र ४,२४९ ऐन्टिजेन गरी १०,९५६ नमुना परीक्षणमा २,४४२ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा २५, ललितपुरमा ५३ र काठमाडौंमा ४५० गरी उपत्यकामा आज ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको यो संख्या शनिबारको तुलनामा केही बढी हो ।

नेपालमा हालसम्म ३२ लाख ६९ हजार २६६ पिसीआर र १ लाख ४२ हजार ५६२ ऐन्टिजेन गरी जम्मा ३४ लाख ११ हजार ८२८ नमुना परीक्षण गरिएको छ । जसमा पिसीआर विधिबाट ६ लाख २१ हजार ५६ र ऐन्टिजेन विधिबार २६ हजार ५९५ गरी ६ लाख ४७ हजार ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३,४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३,४५६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका५१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,७२६ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल ५५ हजार ५३२ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५१ हजार ८३३ जना र संस्थागत आइसोलेशनमा ३६९९ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ८७१ र भेन्टिलेटरमा २५० जनाको उपचार भइरहेको छ ।

४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
मन्त्रालयका अनुसार हाल ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । ४२ जिल्ला मध्ये मध्ये सबैभन्दा बढी काठमाण्डौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रेपलान्चोक रहेका छन् ।

यी जिल्लामा संक्रमण बढ्दो क्रममा
पछिल्ला १४ दिनमा देशका विभिन्न जिल्लामा संक्रमण बढ्दो संख्यामा रहेको छ । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर, तेह्रथुम, भोजपुर र संखुवासभा, बागमतीको दोलखा, नुवाकोट र रसुवा, गण्डकी प्रदेशको बागलुङ र मुस्ताङ, लु्म्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला, डोल्पा, मुगु, रुकुमपश्चिम तथा सुदूरपश्चिमको बाजुरामा पछिल्ला १४ दिनमा संक्रमित बढेका छन् ।

 

वि.सं.२०७८ असार ६ आइतवार १७:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...