असार ६, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्बिएको छ । आइतबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी असार ११ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
जनाइएअनुसार थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर/बिजोर प्रणालीमा सञ्चालन गर्न पाईने भएको छ । साथै खाद्य पसलहरु बारअनुसार सञ्चालन गर्न पाईने भएको छ ।
यसअघि तीन वटै जिल्ला प्रशासन कार्यालयका संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले निजी सवारी साधन सञ्चालनमा ल्याउनुपर्ने सुझाब दिएको थियो ।
सम्बन्धित समाचार
उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी, यातायातमा जोर–बिजोर लागु गर्ने प्रस्ताव
वि.सं.२०७८ असार ६ आइतवार १७:४४ मा प्रकाशित






























