७ असार, काठमाडौँ । उपत्यकामा मंगलबारबाट निषेधाज्ञमा केही खुकुलो गरिएको छ ।
उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा खुकुलो गरेको हो ।
सरकारले यस्ता व्यवसायहरु सञ्चालन गर्दा दिन बिराएर हप्तामा ३ दिनमात्र सञ्चालन गर्न पाउने जनाएको छ ।
जसअनुसार सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म डिपार्टमेन्टल स्टोर्स(ग्रोसरी बाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ सञ्चालन गर्न पाइने छ ।
सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमाबाइल पार्टस् पसल, इलेक्ट्रोनिल पसल(मोबाइल तथा कम्प्युटर पसल) आइतबार, मंगलबार र बिहिबार बिहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
पसल तथा व्यवसाय सचालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
वि.सं.२०७८ असार ६ आइतवार २०:३८ मा प्रकाशित































