back
CTIZAN AD

महाकालीमा खतराको सङ्केत

वि.सं.२०७८ असार ६ आइतवार

798 

shares

६ असार, डडेल्धुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ । सामान्यतः ६.८० मिटर भएमा खतराको तह मानिन्छ ।

महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ । विशेषगरी डडेल्धुराको परशुराम नगरपालिका—६ र ७ को तटीय क्षेत्रका साथै कञ्चनपुरको महाकाली छेउछाउका वस्तीमा जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको हो । महाकाली नदीमा जलस्तर बढेसँगै महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना समेत जारी गरेको छ ।

महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल परशुराम धाम जोखिममा परेको छ । महाकाली नदीमा जलस्तर बढेपछि जिल्लाको परशुराम नगरपालिका—५ को महाकाली नदी किनारस्थित यस मन्दिर डुबानमा पर्न थालेको परिगाउँ प्रहरी चौकीले जानकारी दिएको छ । आइतबार बिहानसम्म महाकालीको जोखिम स्तर बढेको भए पनि दिउँसोदेखि वर्षा रोकिएपछि पानीको तह केही घटेको छ ।

File Pic

वि.सं.२०७८ असार ६ आइतवार २०:०३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...