७ असार, काठमाडौं । बागमती प्रदेशमा आइतबार काठमाण्डौंका ८ सहित थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको छ । जसमा ८२ र ४६ वर्षीया दुई पुरुष र ५४, ४२, ६०, २७, ५४ र २८ वर्षीया ६ महिला गरी ८ जनाको मृत्यु भएको हो ।
त्यस्तै काभ्रे पलान्चोकमा ५२, ५९ र २७ वर्षीय ३ पुरुषका साथै चितवन, नुवाकोट, भक्तपुर र रामेछापमा १÷१ जनाको मृत्यु भएको छ ।
प्रदेशमा आइतबार ९४३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये, भक्तपुर, ललितपुर र काठमाडौंमा ५४८ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ३ लाख ३३ हजार ४२५ जना संक्रमित भएका छन् भने सोहि अवधिमा ३ लाख १९ हजार १४३ जना निको भइसकेका छन् ।
त्यस्तै प्रदेशमा हालसम्म ३६१४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ११,२१४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
हल प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ३४५ जना र भेन्टिलेटरमा १४४ जनाको उपचार भइरहेको छ ।
बागमती प्रदेशमा काठमाडौंका ६ सहित थप १३ कोरोना संक्रमितको मृत्यु
वि.सं.२०७८ असार ७ सोमवार ०९:३६ मा प्रकाशित






























