back
CTIZAN AD

बागमती प्रदेशमा काठमाडौंका ६ सहित थप १३ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार ६ आइतवार

690 

shares

६ असार, काठमाडौं । बागमती प्रदेशमा काठमाडौंका ६ सहित थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार काठमाडौंका ५०, ४८, ५१ र ७३ वर्षीय ४ पुरुष तथा ४७ र ७६ वर्षीया २ महिला गरी ६ जना संक्रमितको मृत्यु भएको हो ।

त्यसैगरी ललितपुरका ३८ वर्षीय पुरुष तथा ७३ र ७६ वर्षीया २ महिला गरी तीनजना, भक्तपुरका ६४ र ३० वर्षीय २ पुरुष तथा धादिङ र नुवाकोटका १÷१ जना गरी १३ जनाको मृत्यु भएको हो ।

शनिबार थपिएका १३ जनासहित प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५९९ पुगेको छ ।

त्यस्तै प्रदेशमा शनिबार ६५९ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ पुष्टि भएकामा सबैभन्दा बढी काठमाडौं, ललितपुर र मकवानपुर रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

त्यसैगरी प्रदेशमा हालसम्म ३ लाख ३२ हजार ४८२ जनामा कोरोना संक्रमण देखिएको छ भने सोहि अवधिमा ३ लाख १५ हजार ७५५ जना निको भएका छन् । हाल प्रदेशमा १३ हजार ५६८ जना सक्रिय संक्रमित रहेका छन् ।

वि.सं.२०७८ असार ६ आइतवार ०९:२६ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...