back
CTIZAN AD

भिम उपाध्यायले किन दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद ?

वि.सं.२०७८ असार ६ आइतवार

1.5K 

shares

६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्राय आलोचनात्मक टिप्पणी गर्दै आएका नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियन्ता भिम उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

सरकारले गरेका कामहरुको बारेमा व्यङ्गात्मक टिप्पणी गर्दै उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा १२ बुँदे टिप्पणी गर्दै उनले भनेका छन् ‘वर्तमान सरकारका मुखियालाई सबैले धन्यवाद दिनुपर्छ, ‘यिनले नेपालीलाई यस्ता एक दर्जन अनुपम पाठ सिकाउदै छर्लंग ऑखा खोलिदिएका छन् ।’

उनी अगाडि थप्छन् – राजकाज कसरी चलाउने भन्ने यस्ता महान पाठहरू सिक्न पाउनु यो पुस्ताको ठूलो अभूतपूर्व अहोभाग्य हो। मुरीमुरी आभार, यसरी पूरै फट्टिनेगरी ऑखा खोलिदिएकोमा।’

उपाध्यायले सञ्जालमा लेखेका छन् :

“वर्तमान सरकारका मुखियालाई सबैले धन्यवाद दिनुपर्छ । यिनले नेपालीलाई यस्ता एक दर्जन अनुपम पाठ सिकाउदै छर्लंग ऑखा खोलिदिएका छन् ।
१) संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नचाहिने घॉडो हो।
२) संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो। त्यसले त्यसलाई सोत्तर पारिरहनुपर्छ। घरिघरि चुनाव गराएर खर्बौँ बजेट स्वाहा पार्दै रमाईलो जात्रा गरिरहनु पर्छ।
३) कम्युनिष्ट भनेको लोकलाज, शरम, पाप, घीन, संस्कृति परम्परा, इतिहास, कानुन नमान्ने अघोरी नेताहरू हुन्।
४) कम्युनिष्टहरू बूढा भए पछि आफू र समाजका लागि बोझ हुन्छन्। आफूचैँ राजा भन्दा पनि ठूलो सम्राट महाराजा हुन्। बडेबडे राजाहरूलाई पनि लज्जित पार्न सकिएन भने के को कम्युनिष्ट बनेको स्वाद भयो र !
५) कम्युनिष्टलाई भोट हालेपछि त्यसको स्वादिलो भोजन यी यसरी खान पाईन्छ !
६) देशमा आफूबाहेक अरू सबै नोकर, चाकर, रैति, दास र कैदी हुन्।
७) बिकास भनेको टावर, रंगशाला, पानीजहाज, रेल हो। स्कूल, कलेज, अस्पताल त निजीले चलाउने हो। पैसा नहुनेलाई बॉच्ने अधिकार हुदैन। लुट्न छुट छ, अनि लुटेर कमाउन नसक्ने जति सबै लाछी हुन्, तिनलाई किन बॉच्नुपर्यो र !
८) देश चलाउन संसद,,संवैधानिक आयोगहरू केही चाहिदैन, ती बाधक हुन्। प्रम जो छ उसले सबै गर्छ, अरू बिरोध गर्ने वा आलोचना गर्नेहरू सबै बिकासबिरोधी र राम्रो काम सहन नसक्नेहरू हुन्।
९) बालुवाटार र शितल निवासबाहेक अरू कुनै संस्था, कार्यालय, निकाय राख्नु बेकार फजुल खर्च हो।
१०) ८/१० पासे भए पछि देश मजाले चल्छ । धेरै पढ्नु, जान्ने हुनु, तालिम सीप लिनु धन र समयको फजुल खर्च हो। नेपालमा तिनीहरू सबै बोझ र बिकास बाधक हुन्, कुनै काम छैन।
११) पदमा बस्ने आफूले जति खाए पनि हुन्छ, कुनै कानुन लाग्दैन, सबै पूरै फ्री छ, छुट छ। काम गर्न डराउनेले बालुवाटारमा फाईल पठाउनुपर्छ किनभने अख्तियार बालुवाटार छिर्न नसक्ने कानुन बनाईएको छ।
१२) नियमपूर्वक ठेक्का लगाउदा झन्झट हुन्छ, कामै हुदैन, बिकास रोकिन्छ, त्यसैले सबै काम सकेसम्म सेनाबाट गराएपछि टंटै साफ हुन्छ। अरू सबै विभाग मन्त्रालयलाई बेरोजगार भत्ता पो दिईएको हो। सबै काम सेनाले गर्न सकिहाल्छ।

राजकाज कसरी चलाउने भन्ने यस्ता महन पाठहरू सिक्न पाउनु यो पुस्ताको ठूलो अभूतपूर्व अहोभाग्य हो।
मुरीमुरी आभार, यसरी पूरै फट्टिनेगरी ऑखा खोलिदिएकोमा।”

वि.सं.२०७८ असार ६ आइतवार ०९:२३ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...