back
CTIZAN AD

तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

वि.सं.२०७८ असार ७ सोमवार

642 

shares

७ असार, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो । उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको छ ।

तारकेश्वरको साङ्लामा स्थापना गरिएको कोभिड–१९ आइसोलेशन केन्द्रमा प्रयोग गर्नका लागि आइतबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालाई हस्तान्तरण गरे । कार्यक्रममा नगरप्रमुख बोहोराले कोरोना महामारीको विषम परिस्थितिमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष रिजालले उक्त स्वास्थ्य सामग्री जनमैत्री अस्पतालका लागि पठाइएको भए पनि जनमैत्री अस्पतालभन्दा तारकेश्वरलाई आवश्यक परेकाले नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । उक्त सामग्री लालीगुँरास परिवारका अध्यक्ष टेक थापालगायत कार्यसमितिको अग्रसरतामा खरिद गरेर गैरआवासीय नेपाली सङ्घमार्फत नेपाल पठाइएको थियो । विगतमा पनि लालीगुराँस परिवारले नेपालमा परेका विभिन्न समस्यामा सहयोग गर्दै आएको थियो ।
–––

वि.सं.२०७८ असार ७ सोमवार १०:०९ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...