back
CTIZAN AD

जसपाको आधिकारिकताको विवाद : निर्वाचन आयोगले महन्थ पक्षसँग माग्यो जवाफ (निर्णयसहित)

वि.सं.२०७८ असार ७ सोमवार

741 

shares

असार ७, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग १५ दिनभित्र पार्टीको आधिकारिता दाबी गर्न आदेश दिएको छ । आयोगको आइतबार बसेको बैठकले उपेन्द्र यादव पक्षले गरेको दाबीका आधारमा ठाकुर पक्षलाई जवाफ दिन भनेको हो ।

आयोगले महन्थ पक्षलाई जवाफ दिन १५ दिनको सूचना दिएको छ ।

उपेन्द्र पक्षले गत ४ असारमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड ९ग० बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गरिपाउँ’ भनेर आयोगमा निवेदन दर्ता गराएको थियो । कार्यकारिणी समितिका ५१ मध्ये ३० जना सदस्यको हस्ताक्षरसहित उपेन्द्र पक्षले दलको आधिकारिता दाबी गरेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ ९२० मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिएमा अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ। अर्को पक्षले माग गरेमा थप १० दिन सकिने व्यवस्था ऐनमा छ। सोही आधारमा आयोगले महन्थ पक्षसँग जवाफ माग गरेको हो ।

आयोगको आइतबारको निर्णयमा भनिएको छ- ‘जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजात सहित राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गरिपाउँ भन्ने समेत व्यहोराको निवेदन मिति २०७८/३/४ मा दर्ता हुन आएकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा (२) बमोजिम निवेदन दाबीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ (पन्ध्र) दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने।’

वि.सं.२०७८ असार ७ सोमवार १७:४४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...