७ असार, काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) र १५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका अनुसार १६ जना डीआईजीहरू र १५ जना एसएसपीको सरुवा भएको हो । नेपाल सरकार गृह मन्त्रालयको असार ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।
सोमबार सार्वजनिक गरीएको सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ।
डीआईजी अरुणकुमार बिसीलाई प्रदेश नं. १, उमेश रञ्जितकारलाई प्रदेश नं. २, प्रकाशजंग कार्कीलाई बागमती प्रदेश कार्यालय, दिवेश लोहनीलाई गण्डकी प्रदेश कार्यालय, मुकुन्द आचार्यलाई लुम्बिनी प्रदेश कार्यालय, गणेशबहादुर ऐरलाई कर्णाली प्रदेश कार्यालय, पुरुषोत्तम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।
डीआईजी बसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसनधान आयोग, घनश्याम अर्यायाललाई प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो, उत्तमराज सुवेदीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, रविन्द्रबहादुर धानुकलाई नेपाल प्रहरी कार्य एवम् अपराध अनुसन्धान विभाग, बसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।
प्रकाश अधिकारीलाई नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा, धिरजप्रताप सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो, ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयमा र सहकुलबहादुर थापालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ ।
१५ जना एसएसपीको सरुवा
त्यसैगरी १५ जना एसएसपीको सरुवा गरिएको छ । जसअनुसार मिरा चौधरीलाई १ नं प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारलाई नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, जनकराज पाण्डेलाई नेपाल प्रहरी प्रदेश कार्याल्य महेन्द्रनगर, गोविन्दकुमार साहलाई नेपाल प्रहरी प्रदेश कार्यालय धरान सरुवा गरिएको छ ।
त्यसैगरी कृष्णहरी शर्मा पोखरेललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, हृदय थापालाई नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, टेक बहाुदर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल, नलप्रसाद उपाध्यायलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, राजेन्द्र प्रसाद चौधरीलाई १ नं प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धन महाशाखा पु¥याइएको छ ।
उमेशराज जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल, दीपक थापालाई १ नं प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ति सुरक्षा माहाशाखा, चन्द्र कुवेर खापुङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, विक्रमबहादुर चन्दलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा गरिएको छ।
वि.सं.२०७८ असार ७ सोमवार १९:२१ मा प्रकाशित






























