back
CTIZAN AD

राप्रपाको नेतृत्व लिन जगत गौचन तयार

वि.सं.२०७८ असार ७ सोमवार

1.7K 

shares

७ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को नेतृत्व लिन जगत गौचनले आफू तयार भएको बताएका छन् ।

राप्रपा केन्द्रिय निर्देशन समिती सदस्य समेत रहेका नेता गौचनले राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन आफू नेतृत्व लिन तयार भएको बताएका हुन् ।

‘जसको नीति उसैको नेतृत्वलाई व्यवहारमा उतार्न, राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन देशभरीका साथीहरुको सल्लाह र समर्थनमा भार थाम्न म अग्रसर छु ।’ सामाजिक सञ्जालमार्फत  गौचनले भनेका छन् ।

नेता गौचनले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य भएको तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण विघ्न बाधा आइपरेको भन्दै त्यसलाई बचाउन आफू नेतृत्व लिन तयार भएको जनाएका हुन् ।

निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको जनाउँदै उनले दोस्रो पुस्ताको अरु कोही साथी इच्छुक भए आफू पूर्ण सहयोग गर्न समेत तयार भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :

“राप्रपाको गौरवमय इतिहास र विरासतलाई निरन्तर राख्न दोस्रो पुस्ताको सार्थक भूमिका जरुरी भएको छ । पार्टीको हर तह र तप्कामा यही माग र बहस जारी छ । समयको मागबाट पछि फर्कने अवस्था छैन । पोखरामा सम्पन्न २०५९ सालको महाधिवेशनमा तत्कालीन पहिलो पुस्ता, संस्थापक अध्यक्षद्वय श्रद्धेय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले तत्कालीन दोस्रो पुस्तामा सफल र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक अभ्यास र राप्रपाको इतिहासमा त्यो परिपक्व नेतृत्व क्षमता, उदारता सुनौलो अक्षरले लेखिएको छ ।
राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य हो । तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण विघ्न बाधा आइपरेको छ । त्यसैले निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको छ ।

जसको नीति उसैको नेतृत्वलाई व्यवहारमा उतार्न, राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन देशभरीका साथीहरुको सल्लाह र समर्थनमा भार थाम्न म अग्रसर छु । हैन दोस्रो पुस्ताको अरु कोही साथी इच्छुक भए, पूर्ण सहयोग गर्न समेत तयार छु ।
जगत प्रसाद गौचन”
२०७८/३/७

वि.सं.२०७८ असार ७ सोमवार २०:१० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...