back
CTIZAN AD

आईपीओ निष्काशनका लागि आईएमई लाइफले पायो ‘ट्रिपल बी’ रेटिङ

वि.सं.२०७८ असार ७ सोमवार

771 

shares

७ असार, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ (प्राथमिक सेयर) निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ ।

रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले ६० करोड रूपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले १२० वटा शाखा कार्यालयबाट बीमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ ।

प्राथमिक सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्काशनपछि संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार ७ सोमवार २०:१६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...