back
CTIZAN AD

एनआरएनए र आईओएमबीच यी विषयमा भयो समझदारी

वि.सं.२०७८ असार ७ सोमवार

861 

shares

७ असार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका लागि दिगो पुनएकिकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने उल्लेख छ । यस्तै द्विपक्षीय हित तथा आपसी सरोकारका विषयमा खोज तथा अनुसन्धानमा सहकार्य गर्ने, कोभिड–१९ का कारण प्रभावित विभिन्न गन्तव्य मुलुकहरुबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकहरुका लागि स्वरोजगारीका अवसर, क्षमता अभिवृद्धि, आर्थिक साक्षरता, उद्दमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको छ ।

समझदारी पछि साझा उद्देश्य प्राप्तिका विभिन्न क्षेत्रमा दुवै संस्थाले कार्यगत सम्बन्ध विस्तार गर्नेछन् । यस्तै डायस्पोराको समग्र विकासमा सहकार्य तथा सहजीकरण गर्नुका साथै सरकारका विभिन्न निकाय र तहमा सुरक्षित आप्रवासन तथा आर्थिक विकासका लागि समन्वय तथा सहकार्य गरि अघि बढ्ने संघले जनाएको छ ।

संघले विगत ६ महिनादेखि आईओएमसँग सहकार्यका लागि पहल गरिरहेको थियो । संघका तर्फबाट अध्यक्ष पन्त र उपाध्यक्ष केसीले आईओएमका नेपाल प्रतिनिधिसँग सहकार्य र आपसी समन्वयका लागि पटक–पटक छलफल गरेका थिए ।

वि.सं.२०७८ असार ७ सोमवार २०:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...