back
CTIZAN AD

साना उद्योगीका समस्याप्रति राष्ट्र बैंक सजग छ–गर्भनर अधिकारी

वि.सं.२०७८ असार ७ सोमवार

732 

shares

७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

‘संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत नै देख्छौं भने अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहन्छ, त्यही हिसाबले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ’, उनले भने ।

गत सालको मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको र जसले नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको उनले बताए ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाखभन्दा सानालाई दिने गरि व्यवस्था गरिएको गर्भनर अधिकारीले बताए ।

‘योभन्दा अगाडि साना उद्योगीले पुर्नकर्जा लिएको इतिहास नै छैन, गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुर्नकर्जा पाए, त्यो महत्वपूर्ण उपलब्धि हो हाम्रो नयाँ पोलीसीको जस्तो लाग्छ’, उनले स्मरण गर्दै भने, ‘पुर्नकर्जा भनेको नेपाल राष्ट्र बैंकले नै सबै फाइनान्सिङ गर्ने होइन । अहिले कूल लोनको आकार ४१ खर्ब रुपैयाँ पुगेको छ । जम्मा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था रहेका छन् । ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने भन्ने हुँदैन राष्ट्र बैंकका आफ्नै सीमा छन् ।’

गर्भनर अधिकारील राष्ट्र बैंकले धेरैभन्दा धेरै ऋणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ भन्नेमा लागिरहेको र बीचबीचमा आएका उतारचढावको कारणले आफै एउटा स्टेजमा पुग्न नसकेको, व्यवसायबाट फेरी भासिने अवस्था आएको भन्दै नीतिगत हिसाबले कसरी सघाउन सकिन्छ भनेर गरेको राष्ट्र बैंकले गरेको एउटा इमानदार प्रयास गरेको पनि उनले बताए ।

‘खासगरी व्यवहार र प्रक्रियामा सोचेजस्तो भएन बैंकहरुले अलिकति व्यवसायमैत्री व्यवहार गरेनन् भन्ने कुरा हामीलाई बीचबीचमा बारम्बार नआएको होइन त्यसभित्र कैयौँ व्यवहारीक समस्याहरु हामीले पनि महसुस गरेका हौं, यस्ता कुरालाई कम गर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको छ’, उनले जानकारी गराए ।

कार्यक्रममा महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिए । साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।

केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राख्दै उनले भने–‘कृषि उपज र प्रशोधन सम्बन्धी उद्योग भनेको छ । तर धान, चामल र च्युराजन्य उद्योगका लागि पुनकर्जाको लागि जाँदा तपाईंहरुको त कार्यविधिमा लेखेकै छैन भनिन्छ । बैंकका यस्ता व्यवहारले साना व्यवसायीहरुलाई साह्रै पीडित बनाएको छ ।’

महिला उद्यमीको हकमा सहुलियत कर्जा नै पाइएन भन्ने धेरै गुनासो रहेको भन्दै अध्यक्ष गिरीले भने–‘अघिल्लो वर्ष राष्ट्र बैंकले निर्देशित गर्दैगर्दा पनि धेरै बैंकले लागू गर्न सकेनन, उहाँहरुका पनि वाध्यता थिए होलान्, ती वाध्यताका बीच पनि हाम्रो अर्थतन्त्र उकास्नुपर्ने सन्दर्भमा महिला उद्यमीलाई उपेक्षा गर्याैं भने अर्थतन्त्रले गति लिंदैन ।’

वि.सं.२०७८ असार ७ सोमवार २०:३३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...