९ असार, पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा एकै दिन २० जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
पैयुँ गाउँपालिका वडा नम्बर ७ हिलेका २० जनामा कोरोना भाईरस पोजेटिभ देखिएसँगै हिलो गाउँ नै सिल गरिएको छ । हिले क्षेत्रमा आवात जावत कम गर्न र भिडबाट क्षती हुन नदिन सिल गरिएको बताइएको छ ।
मंगलबार पैयुँ गाउँपालिकाले ५० जनामा एन्टिजेन परिक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार कोरोना पोजेटिभ देखिएकाहरुलाई सम्पर्कमा रहने गरी घरघरमै बस्ने व्यवस्था मिलाइएको र असहज भएमा पालिका स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न भनिएको छ । पोजेटिभ देखिएका नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
हिलेका एक स्थानीयका अनुसार हिलेको गुरुङ गाउँ बढी प्रभावित भएको छ ।
वि.सं.२०७८ असार ९ बुधवार ०९:०७ मा प्रकाशित






























