
९ असार, काठमाडौं । हाल देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभाव तथा देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखाका कारण देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन\चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज यी नदीमा पानीको बहाव उच्च रहने
त्यस्तै आज कन्काई, कोशी, कमला, बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम\भारी बर्षा भई बहाब केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध ।
वि.सं.२०७८ असार ९ बुधवार ०९:०२ मा प्रकाशित