असार ९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालत प्रशासनले जनाएअनुसार रिटमाथि आजदेखि निरन्तर सुनवाई हुनेछ ।
बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै दायर गरिएको रिटमाथि सुनुवाई हुँदैछ । सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग राख्दै १४६ सांसदले हस्ताक्षरसहित रिट निवेदन दर्ता गराएका थिए ।
बुधबारदेखि सुरु भएको सुनुवाईमा अधिवक्ता खम्बबहादुर खातीले बहस सुरुवात गरेका छन् ।
बहसका लागि इजलासले दुवै पक्षका अधिवक्तालाई समयसीमा निर्धारण गराएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले मुद्दामाथि १५ घण्टाभन्दा बढि सुनुवाइका लागि समय नदिने बताएका थिए ।
सर्वोच्चले जेठ २६ मै बहसको लागि समयसीमा निर्धारण गरेको थियो। १४६ सांसदको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन्। प्रतिवादका लागि सरकारी वकिलहरूले १५ घण्टा पाउनेछन्।
संवैधानिक इलाजसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका साथै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।
वि.सं.२०७८ असार ९ बुधवार १२:३० मा प्रकाशित






























