
असार ९, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।
संवैधानिक इजलासको बुधबार प्रतिनिधिसभा विघटनविरुद्व परेको रिटमाथि बहस गर्दै उनले ‘विश्वासको मत नपाएका र पाउन सक्दिन भन्ने व्यक्तिलाई राष्ट्रपतिले कसरी प्रधानमन्त्री बनाइन् ?’ भनेर प्रश्न उठाएका थिए ।
‘संसदको विश्वासको मत नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन्, बस्न दिनु हुँदैन्, सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिँदा पनि राष्ट्रपतिले, ‘युआर नो मोर प्राइममिनिस्टर’ नभन्ने ?’, कार्कीले भनेका छन् ।
उनले संविधानका सबै धाराअनुसार एउटै व्यक्ति कसरी प्रधानमन्त्री भन्ने पनि प्रश्न उठाए ।
‘संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था श्रीमान् ?’ उनले भनेका छन्, ‘उहाँ प्रतिनिधिसभा सदस्यको हैसियतमा हैन, धारा ७६(३) को प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छैन । विश्वासको मत लिन सक्नुभएन ।’
वि.सं.२०७८ असार ९ बुधवार १६:३२ मा प्रकाशित