back
CTIZAN AD

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

वि.सं.२०७८ असार ९ बुधवार

681 

shares

९ असार । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् । कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ ।

बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् ।

विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दावी गरेका छन् । उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।

चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दवावमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् । बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १६:२७ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...