back

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

वि.सं.२०७८ असार ९ बुधवार

390 

shares
GLOBAL IME AD
NTC AD

९ असार । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् । कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ ।

बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् ।

विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दावी गरेका छन् । उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।

चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दवावमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् । बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १६:२७ मा प्रकाशित

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर...

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

टेगुसिगाल्पा । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा...

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

ट्रम्प र पुटिनबीच युक्रेनबारे मङ्गलबार छलफल हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका...

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

वासिङ्टन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने...

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा...