back

कसरी जाने ? सीमित स्थायी कमिटी सदस्यसँग ओलीले गरे छलफल

वि.सं.२०७८ असार ९ बुधवार

366 

shares
GLOBAL IME AD
NTC AD

असार ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुँ निकटका स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् ।

सर्वोच्च अदालतको मंगलबारकाे आदेशसँगै अप्ठ्यारोमा देखिएका उनले आगामी रणनीतिबारे आफुँ निकटस्थसँग छलफल गरेका हुन् ।

बालुवाटारमा भईरहेको छलफलमा स्थायी कमिटीका पनि सीमित नेताहरु मात्रै उपस्थित रहेको बताइएको छ ।

सर्वोच्च अदालतले मंगलबार संसद विघटनपछि जेठ २१ र २७ मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको थियो । साथै कर्णालीका बारेमा गरिएको भ्याकेट निवेदनमाथि पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

अदालतको आदेशसँगै ओली नेतृत्वको मन्त्रिपरिषद पाँच सदस्यीय मात्रै बन्न पुगेकाे भएको छ ।

राजनीतिक रुपमा संकटमा देखिएका ओली आगामी सम्भावनाबारे मंगलबारदेखि नै निरन्तर छलफलमा छन् । मंगलबार साँझ पनि उनले आफुँ निकटस्थ शीर्ष नेतासँग छलफल गरेका थिए ।

वि.सं.२०७८ असार ९ बुधवार १६:०९ मा प्रकाशित

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र...