
९ असार, दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी जबर्जस्ती बलात्कार गरेका भन्ने पीडितको निवेदनका आधारमा अनुसन्धानका लागि अभियोग लागेका बुढालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको उनले बताए ।
थप अनुसन्धानका लागि जिल्ला दैलेखबाट १० दिनको म्यादसमेत गरिएको श्रेष्ठले बताए। पीडित किशोरीलाई न्याय दिलाउन अनुसन्धान कार्य शुरु गरिएको पनि उनका भनाइ छ ।
रासस
वि.सं.२०७८ असार ९ बुधवार १६:०७ मा प्रकाशित