back
CTIZAN AD

पर्वतको भोर्ले एक हप्ताका लागि सिल

वि.सं.२०७८ असार ९ बुधवार

702 

shares

९ असार, काठमाडौँ । पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५ गतेसम्मका लागि सिल गरिएको हो ।

पैंयु गाउँपालिकाको सिफारिसमा कोभिड व्यवस्थापन समिति पर्वतको आजको बैठकले जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो । साबिक भोर्ले गाविस–४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिबोट, दक्षिणमा अमलपोखरी, आङमाङ तथा खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।

उक्त क्षेत्रका नागरिक एक सातासम्म अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्ने, बाहिरी क्षेत्रबाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शववाहन तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनबाहेक अन्य सवारीसाधनहरू उक्त क्षेत्रमा सञ्चालन नगर्न प्रशासनले आदेश दिएको छ । उक्त आदेशको अवज्ञा गरे कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

मङ्गलबार गरिएको परीक्षणमा एउटै बस्तीमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । उनले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन ।

वि.सं.२०७८ असार ९ बुधवार १७:०४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...