back
CTIZAN AD

राष्ट्रपतिले संसद विघटन गर्न किन मध्यरात नै खोजिन् ?

वि.सं.२०७८ असार ९ बुधवार

669 

shares

असार ९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटमाथिको अन्तिम सुनुवाई संवैधानिक इजलासमा जारी छ । बुधबारको बहसमा सहभागी धेरै अधिवक्ताहरुले प्रधानमन्त्रीसँगसँगै राष्ट्रपतिको भूमिकामाथि प्रश्नहरु उठाएका छन् ।

अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीको नियत नै खराब रहेको समेत जिकिर गरे । संसद विघटन गर्न मध्यरात रोजिएको बताउँदै उनले भने, ‘राष्ट्रपतिले मध्यरातमा नै किन निर्णय गर्नुपर्‍यो ? उहाँको नियत गलत थियो भन्ने आधार नै यही हो । राजनीतिक पार्टीको सहमति वा समर्थन म्यान्डेटरी नै छैन भने त्यसैलाई देखाएर आफ्नो नियत राष्ट्रपतिले पूरा गर्न पाउँछ श्रीमान् ?’

राष्ट्रपति भण्डारीले जसरी पनि ओलीलाई नै प्रधानमन्त्री बनाउन खोज्दा उपाय नभेटेपछि संसद विघटन गरेको बन्दीको जिकिर छ । उनले ७६(५) अनुसार आह्वान भएपछि पाँचजना पूर्वप्रधानमन्त्रीहरुसहित १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुग्नु नै विश्वसनीय आधार भएको तर्क गरेका छन् ।

‘राष्ट्रपतिलाई यहाँभन्दा विश्वसनीय आधार के चाहियो श्रीमान् ?’ बन्दीको प्रश्न छ, ‘केपी शर्मा ओलीबाहेकलाई प्रधानमन्त्री बनाउन नचाहेको होइन र ?’

अधिवक्ता बन्दीले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानलाई टुक्रा–टुक्रा पारेको बताए । सबै धारामा ओली नै चाहिने राष्ट्रपतिको सोंचले समस्या बनाएको उनको जिकिर छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्रा टुक्रा पार्नुभयो, राष्ट्रपतिको सोच हरेक धारामा केपी ओली नै चाहिन्छ भन्ने छ तर, धारा ७६ (५) अनुसार देउवा चाहिन्छ’, उनले भनेका छन् ।

सम्बन्धित समाचार

संवैधानिक इजलासमा बहस : संविधानका सबै धारामा ओली कसरी फिट ?

संसद विघटनविरुद्वको रिटमाथि सर्वोच्चमा अन्तिम सुनुवाई सुरु

वि.सं.२०७८ असार ९ बुधवार १७:०६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...