back
CTIZAN AD

माधव पक्षीय नेताहरुले दर्ता गरेको नेकपा (एकीकृत)ले पायो दलको मान्यता

वि.सं.२०७८ असार ९ बुधवार

669 

shares

असार ९, काठमाडौं । माधवकुमार नेपाल पक्षीय नेताहरुले दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)ले दलको मान्यता पाएको छ । निर्वाचन आयोगको जेठ ३० को निर्णयअनुसार बुधबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।

आयोगको दल दर्ता नं. १६३ मा नेकपा (एकीकृत) नामको दल दर्ता भएको छ । एकीकृतले चुनाव चिन्ह ‘कलम’ पाएको छ ।

नेकपा (एमाले)मा विवाद उत्कर्षमा पुग्दै गर्दा माधव पक्षीय युवा नेता जीवन राईले आयोगमा दल दर्ताको निवेदन दिएका थिए । वैशाख ६ मा दिएको निवेदनमाथि आयोगले जेठ ३० मा निर्णय गरेको थियो ।

दर्ता भएको पार्टीको अध्यक्षमा नेता राई, उपाध्यक्षमा कल्पना गुरुङ्ग, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

नेकपा (एकीकृत)को अध्यक्षसहित सबै नेता माधव पक्षीय नेता तथा कार्यकर्ता हुन् ।

खिमलालको चुनाव चिन्ह थियो कलम

नेता राई माधव पक्षीय नेता हुन् । तर, दल दर्ताबारे भने माधव पक्षले कुनै औपचारिक निर्णय गरेको छैन् । जसबारे नेताहरुले औपचारिक रुपमा कुनै प्रतिक्रिया पनि दिएका छैनन् ।

तर, बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको लागि भएको उपनिर्वाचनमा विजयी उम्मेदवार डा. खिमलाल देवकोटाले भने चुनाव चिन्हको रुपमा कलम प्रयोग गरेका थिए ।

वि.सं.२०७८ असार ९ बुधवार १७:५० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...