back
CTIZAN AD

हिमालयनका ग्राहकले दराजबाट छुट पाउने

वि.सं.२०७८ असार ९ बुधवार

693 

shares

९ असार, काठमाडौं । हिमालयन बैंकका ग्राहकले इ–कमर्श साइट दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरिएको हो ।

उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितीबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्खको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो ।

दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ असार ९ बुधवार २०:५७ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...