back
CTIZAN AD

कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क

वि.सं.२०७८ असार १० बिहीवार

882 

shares

१० असार, काठमाडौँ । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।

सरकारले घोषणा गरेको कार्यक्रमअनुसार सामुदायिक विद्यालयका विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएको आजको गोरखापत्र दैनिकमा समाचार रहेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिए । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषय अध्ययन गर्छन् ।

यस पटक अनिवार्य विषयतर्फ कक्षा ११ को पाठ्यपुस्तक छपाइका क्रममा रहेको र कक्षा १२ को पाठ्यपुस्तक छपाइ कार्य सुरु हुन नसकेको केन्द्रले जनाएको छ । २०७८ सालको शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिएका छन् । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

समाचारमा जनाइअनुसार सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षारगणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन् ।

यस पटक अनिवार्य विषयतर्फ कक्षा ११ को पाठ्यपुस्तक छपाइका क्रममा रहेको र कक्षा १२ को पाठ्यपुस्तक छपाइ कार्य सुरु हुन नसकेको केन्द्रले जनाएको छ । २०७८ सालको शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ । गत वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन १५ सम्म प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । हाल विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य सुरु गरेका छन् । असार २० भित्र आन्तरिक मूल्याङ्कन सक्न बोर्डले विद्यालयहरूलाई समयसीमा दिएको छ ।

एसईई नतिजापछि मात्रै कक्षा ११ मा भर्ना हुने बाटो खुल्नेछ । कक्षा ११ मा हाल अध्ययनरत विद्यार्थीको आन्तरिक मूल्याङ्नको कार्य भने यही असार महिनाभित्र सक्न बोर्डले सबै विद्यालयलाई निर्देश गरेको छ । साउनबाट हाल कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा १२ मा अध्ययन गर्ने बाटो खुल्ने जनाइएको  पनि समाचारमा उल्लेख छ ।

File Pic

वि.सं.२०७८ असार १० बिहीवार ०८:११ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...