११ असार, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११) गते देखि आईपीओ विक्री खुला गरेको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न गरेको हो । कुल आईपीओको कित्तामध्ये ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।
उक्त आइपीओमा असार १५ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ असार ११ शुक्रवार ०८:३० मा प्रकाशित


























