back
CTIZAN AD

पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ –नारायणकाजी

वि.सं.२०७८ असार ११ शुक्रवार

768 

shares

११ असार, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य भएको बताएका छन् ।

बिहिबार विपक्षी गठबन्धनले सम्पादकहरुसँग गरेको छलफल कार्यक्रममा पत्रकारहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्नु पर्नेमा जोड दिँदै नेता श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – ढोङ, द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ ।

यस्तो छ उनको स्टाटस  :

प्रतिगमन बिरुध्द सँविधान र लोकतन्त्रको पक्षमा सँघर्षरत ५ पार्टीहरुले हिजो काठमाडौंमा आयोजना गरिएको सम्पादक मित्रहरुसँगको अन्तर्क्रिया कार्यक्रम राजनीतिक नेतृत्वले गम्भीरतापुर्वक ध्यान दिनैपर्ने खालको रह्यो।

पत्रकार मित्रहरुले निरङ्कुश केपीतन्न्त्रको बिरुध्द संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा ५ दल र सञ्चारजगत एकै ठाँउमा रहेको र यो संघर्षलाई सफल पार्नै पर्नेमा जोड दिनुभएको थियो । त्यसका साथै संघर्षरत राजनीतिक पार्टीहरु र नेताहरुले गम्भीर आत्मसमीक्षाकासाथ आफुलाई पनि सच्च्याउनु पर्ने कुरामा उहाँहरुको जोड थियो।उहाँहरुले बिपक्षमा हुँदा मात्र होइन, सरकारमा जाँदा पनि यस्ता कार्यक्रम होस् र आज बोल्नुभएका कुराहरु त्यसबेला ब्यबहारमा लागु गरेको हेर्न पाइयोस भनेर सचेत गराउनुभएको थियो ढोङ, द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार ०८:४५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...