back

पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ –नारायणकाजी

वि.सं.२०७८ असार ११ शुक्रवार

429 

shares
GLOBAL IME AD
NTC AD

११ असार, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य भएको बताएका छन् ।

बिहिबार विपक्षी गठबन्धनले सम्पादकहरुसँग गरेको छलफल कार्यक्रममा पत्रकारहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्नु पर्नेमा जोड दिँदै नेता श्रेष्ठले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – ढोङ, द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ ।

यस्तो छ उनको स्टाटस  :

प्रतिगमन बिरुध्द सँविधान र लोकतन्त्रको पक्षमा सँघर्षरत ५ पार्टीहरुले हिजो काठमाडौंमा आयोजना गरिएको सम्पादक मित्रहरुसँगको अन्तर्क्रिया कार्यक्रम राजनीतिक नेतृत्वले गम्भीरतापुर्वक ध्यान दिनैपर्ने खालको रह्यो।

पत्रकार मित्रहरुले निरङ्कुश केपीतन्न्त्रको बिरुध्द संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा ५ दल र सञ्चारजगत एकै ठाँउमा रहेको र यो संघर्षलाई सफल पार्नै पर्नेमा जोड दिनुभएको थियो । त्यसका साथै संघर्षरत राजनीतिक पार्टीहरु र नेताहरुले गम्भीर आत्मसमीक्षाकासाथ आफुलाई पनि सच्च्याउनु पर्ने कुरामा उहाँहरुको जोड थियो।उहाँहरुले बिपक्षमा हुँदा मात्र होइन, सरकारमा जाँदा पनि यस्ता कार्यक्रम होस् र आज बोल्नुभएका कुराहरु त्यसबेला ब्यबहारमा लागु गरेको हेर्न पाइयोस भनेर सचेत गराउनुभएको थियो ढोङ, द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार ०८:४५ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...