
११ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखा अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
त्यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको भने प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन\चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तो छ बाढी पूर्वानुमान सूचना
पछिल्लो ३ घण्टामा नवलपुरस्थित आरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको, आरूणखोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने हुनाले तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
त्यस्तै बागमती प्रदेशका सिन्धुली, दोलखा, रामेछाप र काठमाडौं भइ बग्ने स–साना नदी तथा जलाधारमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।
वि.सं.२०७८ असार ११ शुक्रवार ०८:५५ मा प्रकाशित