
११ असार, काठमाडौं । आफूहरु ले राखेको विभिन्न मागहरु पूरा नभएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका ३०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहितका अध्यक्ष ई. अविनाश अमरले बताएका छन् ।
सरकारले आफूहरुको व्यवस्थापनमा चासो नदिएको भन्दै ३२ जिल्लाका कर्मचारीहरुले राजिनामाको घोषणा समेत गरेका छन् ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणले हामीलाई दिने भनेको सुविधाहरुबाट बन्चित गराउँदा चरणबद्ध आन्दोलन घोषणा गरेको महिनौ बितिसक्दा पनि मागहरु प्ररा नहुने देखेपछि र सरकारले हाम्रो व्यवस्थापनमा चासो नदिँदा बाध्य भएर ३२ जिल्लाका सम्पूर्ण साथीहरु राजिनामा आजैका मितिबाट लागू हुने गरी दिँदैछौं ।’ राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिद्धारा शुक्रबार जराी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ असार ११ शुक्रवार १७:०३ मा प्रकाशित