back
CTIZAN AD

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण

वि.सं.२०७८ असार १२ शनिवार

630 

shares

१२ असार, काठमाडौँ । तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।

गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएका बिरुवा नदी किनारमा क्रियाशील छ वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो ।

आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन समिति, आलोकनगर कम्युनिटी, नेपाल आमा सेवा आलोकनगर, जीवन विज्ञान योग साधना केन्द्र मीनभवन, पतञ्जलि योग समिति मीनभवन केन्द्रका पदाधिकारी एवं सदस्यको गुर्जो रोपणमा सक्रियता थियो ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी किनारमा महाऔषधि रोप्दा सबैलाई काम लाग्ने बताए । आलोकनगर मार्ग टोलसुधार समितिका डी आर पोखरेल, आलोकनगर मन्दिर व्यवस्थापन समितिका बोधराज श्रेष्ठ, आलोकनगर कम्युनिटीका ध्रुबराज पोखरेल, नेपाल आमा सेवा आलोकनगरका देवी सुवेदी, स्थानीय समाजसेवी राजेशमोहन प्रधानलगायतले रोपिएको बिरुवा दैनिक अनुगमन गरी संरक्षण गरिने वाचा गरेका थिए ।

त्यस क्षेत्रको नदी किनारमा गत वर्ष रोपिएका गुर्जोका बिरुवा पनि बढेको अवस्थामा पाइएको अभियानकर्मी राजलवटले जानकारी दिए । विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको सो अवसरमा उनले सुनाए । यस वर्ष पनि करिब सात हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।

निःशुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो निःशुल्क वितरणसमेत गरियो । आन्तरिक राजश्व कार्यालय लाहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रुपमा निःशुल्क वितरण अभियानमा उनी लागेका हुन् ।

हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहेका छन् । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।
रासस

वि.सं.२०७८ असार १२ शनिवार १०:५५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...