back
CTIZAN AD

स्थानीय तहका बजेट कार्यक्रममा खेलकूद क्षेत्रलाई प्राथमिकता

वि.सं.२०७८ असार १२ शनिवार

612 

shares

१२ असार, कास्की । यहाँका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यक्रममा खेलकूद क्षेत्रलाई समेटेका छन् ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित समग्र कास्की जिल्ला नै खेलकूदको उर्वरभूमि रहेकाले स्थानीय सरकारहरुले खेलकूदको विकासका लागि पूर्वाधार निर्माण, प्रतियोगिता निरन्तरता र विद्यालयस्तरीय खेलकूद कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेका हुन् ।

पोखरा महानगरपालिकाले खेलकूद प्रतियोगिता सञ्चालन सहयोग तथा विद्यालयस्तरीय लगायतका अन्य खेल गतिविधि सञ्चालनका लागि रु एक करोड ५५ लाख बजेट विनियोजन गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । महानगरले यसै वर्ष महानगर खेलकूद विकास समिति गठन गरेर अध्यक्ष, सदस्यसचिव लगायतका पदाधिकारी नियुक्त गरिसकेको छ । सो समितिले खेलकूदसँग समन्वय गर्नाका साथै सम्बन्धित एकाइलाई आवश्यक सहजीकरणसमेत गर्ने जनाइएको छ ।

पोखराको पहिचानसँग जोडिएको देशकै प्रतिष्ठित आहा रारा गोल्डकप र पोखरा म्याराथन प्रतियोगितालाई खेल क्षेत्रको महत्वपूर्ण वार्षिक गतिविधिका रुपमा विकास गरिने बजेट कार्यक्रममा उल्लेख छ । ‘गण्डकी प्रदेश तथा पोखरा क्षेत्र नेपालको खेल क्षेत्रका लागि उर्वरभूमि हो, यही माटोमा जन्मे हुर्केका कैयौँ युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद मञ्चमा पनि आफूलाई पटकपटक प्रमाणित गरेका छन्’, उपप्रमुख गुरुङले भनिन् ।

महागनरले अन्तर विद्यालय ‘मेयर कप’ आयोजना गर्नका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको जनाएको छ । यसबाट विद्यार्र्थीलाई शैक्षिक गतिविधिका अलावा खेलकूद लगायतका अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर प्राप्त हुने र भविष्यका लागि खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिइएको उपप्रमुख गुरुङले बताइन् ।

यसैगरी माछापुच्छ«े गाउँपालिकाले एक स्थानीय तह एक खेल ग्राम कार्यक्रमअन्तर्गत पालिकास्तरीय खेलग्राम निर्माण कार्यलाई निरन्तरता दिने कार्यक्रम ल्याएको छ । गाउँपालिका केन्द्र लाहाचोकमा एक सङ्घ र प्रदेश सरकारको सहकार्यमा निर्माणाधीन खेलमैदानलाई स्थानीयस्तरको रङ्गशालाका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । भिँडाबारीमा युवा तथा खेलकूद मन्त्रालय, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र गाउँपालिकासँगको सहकार्यमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’को निर्माण कार्य अघि बढाइने गाउँपालिकाको कार्यक्रम छ ।

गाउँपालिकाको महत्वपूर्ण खेलकूद उत्सवका रुपमा रहेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्न रु १० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए ।

यसैगरी गाउँपालिकास्तरीय एवं वडास्तरीय खेलमैदान निर्माण कार्यलाई निरन्तरता दिइने माछापुच्छ«ेको बजेट कार्यक्रममा उल्लेख छ ।
अन्नपूर्ण गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ कार्यक्रम अघि सारेको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा गाउँपालिकाभित्र खेलकूदका पूर्वाधार निर्माण, विकास र स्तरोन्नति गरिने अध्यक्ष युवराज कुँवरले बताए । उनका अनुसार माछापुच्छ«े खेलमैदानलाई स्तरोन्नति गरी राष्ट्रियस्तरको खेलमैदानका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ ।

युवा क्लबलगायत विभिन्न सामाजिक सङ्घसंस्थाको क्षमता विकास खेलकूद पूर्वाधार संरचनाको निर्माण र विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । मादी गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकास्तरीय रङ्गशाला निर्माण गर्ने कार्यलाई अगाडि बढाइने जनाएको छ । गाउँपालिकामा स्थायी बसोबास गरी राष्ट्रिय तथा प्रदेशस्तरको खेल इभेन्टमा पदक प्राप्त गर्ने खेलाडीलाई मादी जन्मभूमि पुरस्कारबाट सम्मान गरिने उपाध्यक्ष विष्णुमाया पौडेलले बताइन् ।

गाउँपालिको आगामी वर्षदेखि मादी जन्मभूमि पुरस्कारको ट्रफी डिजाइन गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका प्रतिभा एवम् सर्जक तथा स्रष्टालाई पुरस्कृत एवम् सम्मान गर्ने परम्पराको थालनी गर्ने बजेट कार्यक्रममा उल्लेख छ ।

रुपा गाउँपालिकाले गाउँपालिका स्थापना दिवसका अवसरमा वर्षेनि अध्यक्ष कप अन्तर स्थानीय तह भलिबल प्रतियोगिता लगायतका खेलकूद गतिविधि सञ्चालन गर्दै आएको छ ।

आगामी वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिइएको र रु १५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष नवराज ओझाले बताए । गाउँपालिकाले खेलमार्फत राम्रो स्वास्थ्य तथा प्रतिस्पर्धा वृद्धि गरी विद्यालय तहको खेलकूद विकास गर्नका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ ।

वि.सं.२०७८ असार १२ शनिवार १४:१६ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...