back

कुलतबाट आफू बच्न र अरुलाई पनि बचाउन प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

वि.सं.२०७८ असार १२ शनिवार

402 

shares
GLOBAL IME AD
NTC AD

१२ असार, विराटनगर । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले लागुऔषधको कुलतबाट आफू बच्न र अरुलाई पनि बचाउन सबैसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लागु पदार्थ तथा अवैध तस्करी न्यूनीकरणका लागि अग्रसर हुन सबै पक्षसँग आग्रह गरको हुन् ।

“लागु पदार्थको सेवनले शारीरिक क्षति मात्र पुर्याउँदैन, मानसिक तथा व्यवहारिक क्रियाकलापमा पनि नराम्रोसँग असर पुर्याउँछ”, सन्देशमा उनले भनेका छन्, “यसको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो र कष्टकर हुन्छ ।

यसले व्यक्ति स्वयंलाई मात्र नभएर परिवार, समाज, सङ्घसंस्था, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै खतरा पैदा गर्दछ । त्यसैले यसप्रति हामी समयमै सजग र सर्तक रहनुपर्दछ ।”

प्रदेश प्रमुख ‘प्यासी’ले लागुऔषध नियन्त्रण तथा यसका कानुनी प्रक्रिया र असरका विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउने र आफ्ना बालबालिकालाई उचित शिक्षा–दीक्षा र वातावरण दिनुपर्ने उल्लेख गर्दै समय समयमा युवामैत्री वातावरण, सामाजिक कार्यमा संलग्नता, कलासंस्कृति, नृत्य, सङ्गीत, खेलकुदआदि क्रियाकलापमा युवालाई सहभागी गराउन सकेमा सकरात्मक तथा रचनात्मक बनाउन सकिन्छ सन्देशमा भनेका छन् ।

युवालाई रोजगार वा रचनात्मक कार्यमा व्यस्त बनाउन सके लागु पदार्थको कुलतबाट बचाउन सकिने भएकाले सोही अनुसारको कार्य गर्न गराउन सरोकारबाला सबै पक्षसँग उनले आग्रह गरेका छन् ।

“लागु पदार्थको प्रयोग तथा ओसारपसारमा सरोकारबाला निकायको अझ बढी ध्यान पुग्नु अत्यावश्यक छ”, सन्देशमा उनले भनेका छन्, “कानुनी उपाय मात्र न्यूनीकरणका लागि प्रयाप्त नभएकाले आधुनिक व्यवहारिक उपायको खोजी गरिनुपर्छ भन्ने मेरो ठम्याइ छ ।”

प्रदेश प्रमुख ‘प्यासी’ले यस दिवसका अवसरमा सम्पूर्ण देशवासी दाजुभाई तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर उत्रतिप्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । उनले कोरोना महामारीविरुद्धको अभियानका साथसाथै वर्षातको यस समयमा आम जनसमुदायलाई सुरक्षित रहन र विपद् व्यवस्थापन कार्यलाई अझ बढी सबल र प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग सन्देशमार्फत अपिल गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणा पत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिए अनुसार जुन २६ अर्थात असार १२ गतेलाई अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका रुपमा मनाउने गरिएको छ । यस दिवसको मूल उद्देश्य विश्व समुदायलाई लागु औषधको असर र कारोवारबाट मुक्त गराउनु हो ।

रासस

वि.सं.२०७८ असार १२ शनिवार ११:३७ मा प्रकाशित

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ...

सात सय ५० किसानलाई कृषि सामग्री वितरण

सात सय ५० किसानलाई कृषि सामग्री वितरण

  भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...