back

भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या ४८ हजारमा झर्यो, ११८३ संक्रमितको मृत्यु

वि.सं.२०७८ असार १२ शनिवार

429 

shares
GLOBAL IME AD
NTC AD

११ असार,नयाँ दिल्ली । भारतमा शुक्रबार ४८ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ ।

त्यसैगरी शुक्रबार भारतमा कोरोनाभाइरसका कारण थप एक हजार १८३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । ती मध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमित मध्ये ९६.७२ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १.३१ प्रतिशतको मात्रै मृत्यु भएको छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ ।

यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी भारतमा हालसम्म  ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।

वि.सं.२०७८ असार १२ शनिवार १५:२० मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...