back

रोकिएन मेलम्चीमा बाढी, आज पनि एक घर बगायो

वि.सं.२०७८ असार १२ शनिवार

366 

shares
GLOBAL IME AD
NTC AD

१२ असार, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो ।

मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनाँै बेपत्ता भएका छन् ।

त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् ।

वि.सं.२०७८ असार १२ शनिवार १५:४९ मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...