back
CTIZAN AD

रोकिएन मेलम्चीमा बाढी, आज पनि एक घर बगायो

वि.सं.२०७८ असार १२ शनिवार

732 

shares

१२ असार, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो ।

मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनाँै बेपत्ता भएका छन् ।

त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् ।

वि.सं.२०७८ असार १२ शनिवार १५:४९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...