back
CTIZAN AD

प्रमुख जिल्ला अधिकारीकै नक्कली फेसबुक बनाई रकम मागिएपछि…

वि.सं.२०७८ असार १२ शनिवार

810 

shares

१२ असार, कन्चनपुर । यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।

“नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ”, प्रजिअ महतोले भने “पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन सट गरेर मलाई पठाएका छन्, आज बिहान खोल्दा खुलेको छैन, डिएक्टिभ भए जस्तो छ ।” फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध आज साइबर ब्यूरोमा उजूरी हाल्न लागेको उनले बताए ।

“अज्ञात व्यक्तिले मेरो तस्बीर राखी नक्कली फेसबुक एकाउन्ट खोलेको देखिन्छ, फेक आइडीबाट विभिन्न व्यक्तिबाट रकम माग गरेको समेत जानकारीमा आयो”, उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “यस आइडीलाई ब्लक गर्न हुन, फ्रेन्ड रिक्वेस्ट आएमा नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु, यस एकाउन्ट सम्बन्धमा आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको छु ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले नक्कली (फेक) फेसबुक आइडी कुन ठाउँबाट जेनेरेट भएको भन्ने कुरा जिल्ला लेबलबाट हेर्न सम्भव नहुने बताए । “फेक फेसबुक आइडी बनाएर धेरै जनालाई भिक्टिम बनाएको पाइएको छ”, उनले भने, “विदेशबाट पनि जेनेरेट भएको हुन सक्छ, यस्तो कार्य साइबर ब्यूरोले हेर्ने गरेको छ ।”

वि.सं.२०७८ असार १२ शनिवार १६:१६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...