१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २०१६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४७०४ पिसीआर र ४,८०६ ऐन्टिजेन गरी ९८१० नमुना परीक्षणमा २०१६ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा २५, ललितपुरमा ४३ र काठमाडौंमा १८१ गरी उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्या घटेको छ ।
नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ३२ हजार ३२६ जना र ऐन्टिजेन विधिबाट ३१ हजार ५३१ गरी कूल ६ लाख ६३ हजार ८५७ जना संक्रमित भएका छन् । साथै ऐन्टिजेन र पिसीआर विधिबाट हालसम्म ३४ लाख ८९ हजार ४५२ वटा नमुना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ४९१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४९१४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । निको हुनेको यो संख्या ९१.९ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३० जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,९५७ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा हाल ४२ हजार २० जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३९ हजार १९९ र संस्थागत आइसोलेशनमा २८२५ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ७३४ र भेन्टिलेटरमा २२२ जनाको उपचार भइरहेको छ । शुक्रवारको तुलनामा शनिबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या केही बढेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा देशैभरी थपिए २४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु
वि.सं.२०७८ असार १२ शनिवार १६:३९ मा प्रकाशित






























